काठमाण्डौँ , ३० साउन – दमौलीमा बस दुर्घटनामा परेको छ । दमौलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.४ ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना.६ख ३२९३ नं को ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको
हो ।
बस र ट्रक एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् ।
गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधवार पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२बेलभञ्ज्याङमा दुर्घटना भएको हो ।