हात्तीले च्यापेर एक जनाको मृत्यु

काठमाण्डौँ , ३० साउन – हात्तीको आक्रमणबाट उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
कोशिटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जङ्गली हात्तीको आक्रमणबाट उदयपुरको बेलका नगरपालिका–३ का एक जना व्यक्तिको मृत्यु भएको हो ।

बिहान ४ बजे २३ ओटा हात्ती समूहमै आएर घरमत सुतिरहेका सार्कीमाथि हात्तीले आक्रमण गरेको थियो ।

समुहमा घरमै आएर हात्तीले आक्रमण गरेपछि सुतिरहेका ३५ वर्षीय कुमार सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ । हात्तीले सार्कीलार्इ उठाएर ५० मिटर पर लगी च्यापेर मारेकोहो ।

Leave a Reply

Your email address will not be published.