एजेन्सी । अभिनेत्री कंगना रानौतको मोष्ट अवेइटेड फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ को पहिलो पोष्टर रिलिज भएकोे छ । फिल्मको यस पहिलो पोष्टरमा अभिनेत्री कंगनाको लुक्स निकै शान्दार छ । यसको साथै फिल्मको टिजर पनि रिलिज गरिएको छ । तर फिल्मको टिजर रिलिज अगावै निर्माण पक्षले पहिलो पोष्टर सेयर गरेका छन् ।
फिल्मको यस पोष्टरमा अभिनेत्री कंगनाले आफ्नो छोरोलाई पछाडि राखेर ब्रिटिशहरुसँग युद्ध गरिरहेकी छन् । कंगनाको यस फिल्म यसै वर्षको गत अप्रिलमा रिलिज हुने कुरा थियो तर प्रोडक्शनकोे काम पूरा नभएको कारण फिल्मको रिलिज मिति लम्बिएको हो । यो फिल्ममा अभिनेत्री कंगनाका अलवा अंकिता लोखडे, सोनु सुद, अतुल कुलकर्णी र जिशु सेन गुप्ता पनि मुख्य भुमिकामा छन् ।
यो फिल्मको निर्देशन क्रिशले गरेका हुन् । फिल्मको कहानी केवी विजयेंद्रले लेखेका हुन् । यो फिल्मको सिटिङको दौरानमा अभिनेत्री कंगनाले घोडा सवारी र तरवार खेल लगाएत नयाँ कुराहरु सिकेकी छन् । यसै फिल्मको सुटिङको दौरानमा अभिनेत्री कंगना घाइते पनि भएकी थिइन् । अहिले उनी आफ्नो फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ लाई लिएर निकै उत्साहित छन् ।
‘मणिकर्णिकाः द क्विन अफ झाँसी’को साथमा अभिनेत्री कंगनाले कबड्डी खेलमा आधारित एक फिल्ममा साइन् गरेकी छन् । सो फिल्मलाई अश्वानी अय्यार तिवारीले गर्नेछन् । यसका साथै कंगनाले केही समय पहिले ‘मेटल हे क्या’ को सुटिङ सकेकी छन् । मिडिया रिपोर्टका हनुसार कंगनाले चाँडैनै अनुराग बसुको फिल्म ‘इमेली’ मा पनि देखिन सक्नेछन् ।
#Manikarnika – the queen of Jhansi pic.twitter.com/wHVABD4sCH— Krish Jagarlamudi (@DirKrish) August 15, 2018