राजविराज । मैथिली फिल्मका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारीदिए । उनी मधुमेह र रक्तचापको रोगी थिए । पछिल्लो समय उहाँ ‘कलंक’ नामक मैथिली फिल्मका निर्माणमा व्यस्त थिए ।
यादव एक दशकदेखि मैथिली कलाक्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो । उनले एक दर्जनभन्दा बढी मैथिली फिल्मको निर्देशन तथा अभिनयगरेका छन् । उनले राधा सँग मोहन, जान सन, हिरो तोहर दिवाना, प्रेमरोगलगायत चलचित्र निर्माण गरेका थिए । उनले ‘मैथिली खुशी’ युट्युव च्यानलमार्फत् मैथिली हास्यव्यंग्यका करीब दुई सय शृङ्खला निर्माण गरेका थिए । “यादव रामलाल, फूलमतीया र जनकपुरवालीको नामले मैथिलीभाषी दर्शकबीच चर्चितथिए ,” मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले भने ।