‘गोपी’बाट खगेन्द्र पनि बाहिरिएपछि पुनः विपिन र वर्षाको जोडी !

काठमाडौं । पछिल्ले समय फिल्म ‘गोपी’को छायाङ्कन अगावै निकै चर्चा हुन थालेको छ । कलाकारको विषयलाई लिएर यो फिल्मको निकै चर्चा हुन थालेको हो । केही समय अघि काठमडाौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्म ‘गोपी’को घोषणा गरिएको थियो । जहाँ अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहने बताइएको थियो ।

यसका साथै केही साता अघि अर्की अभिनेत्री वर्षा सिवाकोटी पनि ‘गोपी’मा रहने भन्ने समाचार सार्वजनिक भयो । तर गत आइतबार मात्र अभिनेत्री वर्षालाई अर्की अभिनेत्री वर्षा राउतले रिप्लेस गरिन् । वर्षा सिवाकोटी बाहिरिएको दुई दिन पनि नबित्दै फिल्मका मुख्य अभिनेता खगेन्द्र लामिछाने पनि बाहिरिएका छन् ।

मङ्गलबार ‘गोपी’ निर्माण युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा खगेन्द्रको स्थानमा अर्का अभिनेता विपिन कार्की अनुबन्धित भएको जानकारी गराए । खगेन्द्र फिल्मबाट बाहिरिएसँगै विपिनले सोमबार राती ‘गोपी’को कथा सुनेर साइन गरेका जानकारी गराए । फिल्मको कथा मन परेको कारण नै आफूले छोटो समयमा यो फिल्ममा साइन गरेको विपिनले जानकारी गराए ।

विपिन भन्छन् ‘निर्देशक दीपेन्द्र लामालाई पनि गाह्रो भइरहेको थियो । अन्तिम समयमा मलाई कथा सुनाउनु भयो । सुरुमा कथा मनपर्यो अनि नजिकको सम्बन्ध भएको कारण पनि मैले चलचित्र गर्न राजी भए । यो फिल्मको पात्रको लागि मैले केही समय मागेको छु । सायद ६ दिनमा आफूलाई तयार बनाउन सक्छु जस्तो लाग्छ ।’

निर्माण पक्षको अनुसार अभिनेत्री वर्षा सिवाकोटीले फिल्ममा आफ्नो भूमिका छोटो भएको कारण नगरेको बताएका थिए । तर भरखरै भित्रिएकी अभिनेत्री वर्षा राउतलाई फिल्मको कथा मन परेको र वर्षा सिवाकोटीले छाडेको भूमिका राम्रो रहेको बताइन् ।

फिल्मको छायाङ्कन भदौ १ बाट सुरु हुने भनिएता पनि अभिनेता विपिन कार्कीको कारण भदौ ५ गतेसम्मबाछ सुरु हुने निर्माण पक्षले जानकारी दिएका छन् । आरोही केसीको निर्माण रहेको फिल्म गोपीमा निर्देशक लामाको कथा रहेको छ भने सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायाङ्कन रहेको छ । फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहरेका छन् । आगामी चैत्र १५ गतेबाट यो फिल्म दर्शकमाझ रिलिजमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published.