नेप्सेमा हरियाली , ६.६१ अंकले बृद्धी : कारोेबार उच्च


काठमाडौँ , २९ साउन  – सोमबार भारी अंकले बढेको नेप्सेमा आज मंगलबार पनि परिसुचक उच्च नै रहेको छ । आज नेप्से परिसुचक ६६१ अंकले बढेर ११ सय ८० दसमलव ९८ बिन्दुुमा पुुगेको छ । सेन्सिटिभ पनि १५६ अंकले बढेर दुुई सय ४९ दसमलव ५० बिन्दुुमा पुुगेको छ ।

आज एक सय ६० कम्पनीहरुको तीन हजार दुुई सय ७८ वटा कारोवारमा सात लाख ३२ हजार सात सय २५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १८ करोड ९५ लाख ८६ हजार सात सय ३५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा १० वटा समुहको सुचक बढेर हरियो देखिएको छ भने होटल समुहको सुचकमा सामान्य अंकले गिरावट आएको छ । बाँणिज्य बैक समुहको सुचक छ दसमलव ८७ अंकले बढेर एक हजार १२ दसमलव ३६ बिन्दुुमा चढ्दा सात करोड ५५ लाख २१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैक समुहको सुचक १४ दसमलव ८८ अंकले बढेर १४ सय ३५ दसमलव पाँच बिन्दुुमा चढ्दा दुुई करोड १० लाख ११ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । निर्जिवन बीमा समुहको सुचक पनि आज ५० दसमलव एक अंकले बढेर पाँच हजार सात सय ७५ दसमलव ६३ बिन्दुुमा चढ्दा एक करोड ८० लाख २५ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युत, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुुचकमा पनि सुधार आएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको आरम्भ माईक्रो फाईनान्स बित्तीय संस्थाको सेयर मुल्य १० रुपैयाँले बढेर नौ सय दुुई रुपैयाँमा कारोवार भएको छ भने गुु्माउने कम्पनीको सुचीमा अग्रस्थानम परेको मल्टीपर्पस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ३६ पैसाले घटेर एक सय ९४ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता छ सय २५ रुपैयाँ अन्तिम मुल्यमा ८५ लाख ५३ हजार नौ सय २३ रुपैयाँको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published.