बलिउडकै महंगो विवाह हुने भयो ‘रणवीर र दीपिका’को

काठमाण्डौँ , २९ साउन – लामो समय देखि बेष्ट कपलको रुपमा रहिआएका कपल रणवीर सिंह तथा दीपिका पादुकोणको बिवाह हुने टुङ्गो भैसकेको छ ।

यस अघि इटालीमा बिहे गरेका विराट र अनुष्काले झैँ रणवीर र दीपिकाले पनि इटालीमै बिहे गर्नेभएका छन । उनीहरुले इटालीको  लोम्बार्डीमा पर्ने प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ‘लेक कोमो’ मा बिहे गर्ने पक्का गरेका छन् ।

रणवीर र दीपिकाका आफन्तले जनाए अनुसार फिल्मी क्षेत्र बाट भने विवाहमा कसैले सहभागिता न जनाउने र आउँदो नोभेम्बर २० मा उनीहरुको विवाह हुने भएको छ । विवाहपछि दीपिका र रणवीरले मुम्बईमा पूरै बलिउड इन्डस्ट्रीका लागि रिसेप्सन पार्टी राख्ने भएका छन ।

यस अघि बलिउडको सबै भन्दा महँगो मानिएको अनुष्का र विराटको विवाह भन्दा पनि महँगो विवाह दीपिका र रणवीरको हुने भएको छ ।

Leave a Reply

Your email address will not be published.