कृषि विकास बैंकले गर्यो ऋण असुल

विराटनगर, २९ साउन– कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष मा कूल रु १० अर्ब ९९ करोड १८ लाख ५७ हजार ऋण लगानी गरेकामा रु ११ अर्ब १६ करोड ४५ लाख २५ हजार असुल गरेको छ ।

मेची–कोशी अञ्चलका १० जिल्लामा कार्य क्षेत्र रहेको यो बैंकको ऋण असुली समग्रमा ११० प्रतिशत रहेको बैंकका अधिकृत उमेशकुमार मास्केले बताएका छन् ।
कृषि क्षेत्रमा मात्र लगानी गरिरहेको यो बैंकले मेची अञ्चलमा रु तीन अर्ब ७७ करोड २३ लाख १९ हजार लगानी गरेकामा रु तीन अर्ब आठ करोड ८२ लाख ४९ हजार असुल गरी ९६ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

यसैगरी कोशी अञ्चलमा रु नौ अर्ब २१ करोड ९५ लाख ३८ हजार ऋण लगानी गरेकामा रु आठ अर्ब सात करोड ६२ लाख ७६ हजार असुल गरी ११६ प्रतिशत प्रगति गरेको अधिकृत मास्केले जानकारी दिएका छन् ।

कूल २३ हजार ७३० ऋणी रहेका यो बैंकको ऋण लगानी र असुली सन्तोषजनक रहेको कार्यालय प्रमुख पप्पुबाबु श्रेष्ठले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published.