उदयपुर, २९ साउन – चौदण्डीगढी नगरपालिका–१० स्थित हडिया जंगलमा एक युवती माथि सामूहिक बलात्कार भएको छ ।
प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–१२ बस्ने २६ वर्षीय बिकाश परियार लगायतका व्यक्तिले स्थानीय १७ वर्षीया किशोरीलाई स्थानीय बसपार्कबाट ललाई फकाई स १ ह २१९४ नम्बरको अटो रिक्सामा जंगलमा लगेर जवरजस्ती करणी गरेको हो ।
बलात्कारमा संलग्न तिन जना मध्ये एक युवक पक्राउ परेका छन् भने २ जना फरार छन्।
फरार रहेका अन्य दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।