साना सवारी सधान विस्थापित, ठूला सवारी साधन स्थापित

काठमाडौं,२९ साउन–सरकारी पहलबाट काठमाडौं उपत्यकाका लामो रुटमा माइक्रो र टेम्पो विस्थापन गरेर ठूला बस सेवा थाल्ने पहिलो प्रयोग सफल भएको छ ।

सरकारी प्रयासमा खुलेको ‘दिगो सार्वजनिक यातायात कम्पनी’ले मंगलबार नयाँ बसपार्क–गोल्कोपाखा–जमल–कमलपोखरी– ज्ञानेश्वर– मैतिदेवी–पुरानो बानेश्वर–सिनामंगल– कोटेश्वरसम्मको रुटबाट माइक्रो र टेम्पो विस्थापन गर्दै १७ ठूला बस चलाउन थालेको छ ।

यि बसहरु सोही रुट हुँदै मैतिदेवीबाट डिल्लीबजार रत्नपार्क हुँदै फर्किनेछन् । यातायात व्यवस्था विभागका अनुसार यो एसियाली विकास बैंक (एडीबी)ले पहिचान गरेको वैज्ञानिक रुट हो ।

Leave a Reply

Your email address will not be published.