यात्रुवाहक बसमा बम प्रहार


बुटवल ,२९ साउन – देशभर परिरहेको बन्दको प्रभाव बाट भैरहेका बिभीन्न घटनाहरु बाहिर आइरहेका छन ।बुटवलमा रुपन्देहीको तिलोत्तको पथ्थरडाँडामा बन्दकर्ताहरुले यात्रुबहाक बसमा पेट्रोल बम प्रहार गरेका छन्।

पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६३१ नम्बरको बसमा पेट्रोल बमले आक्रमण गरेका हुन्। बसमा सवार रोशन बहादुर थापालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिहान करिब ४ बजेको समयमा बसमा आक्रमण भएपछि बम विष्फोट भएको थियो।

बन्दका कारण रुपन्देहीमा अन्य दिन भन्दा थोरै मत्र सवारी चलेका छन्। शैक्षिक संस्थाहरु अधिकांश बन्द भएका छन्। विष्फोटमा परी एकजना घाइते भएको र आक्रमण गर्नेहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published.