फाइल फोटो

चार हजार किलो सुन तस्करी : यस्तो भन्छन गृहमन्त्री

काठमाडौं ,२९ साउन – नेपालमा पछिल्लो तीन वर्षयता झण्डै ४ हजार किलो सुन तस्करी भएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिनु भएको छ।

मंगलबार बसेको संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठक बोल्दै गृहमन्त्री थापाले ४ हजार किलो सुन तस्करी भएको खुलासा गर्नु भएको हो ।
सुन तस्करीमा संलग्न समूहलाई पनि कारबाहीको दायरामा ल्याइएको समेत उहाँले जानकारी दिनुभएको छ ।

यसै बिच गृहमन्त्री थापाले सडकलगायतका पूर्वाधार निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने र कामलाई पनि सरकारले निरन्तरता दिइरहेको पनि बताउनुभएको
छ।

गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुबई रहेको पनि छानबिनबाट पत्ता लगाइएको बताउनुभयो । ३३ किलो सुन तस्करीका लागि गठित छानबिन समितिले सुन तस्करीमा संलग्न ठूलै तस्करलाई पनि छानबिनको दायरामा ल्याएको गृहमन्त्री थापाले दाबी गरेका छन ।

Leave a Reply

Your email address will not be published.