काठमाण्डौँ , २९ साउन, बुबार देखी काठमाण्डौँमा ‘समृद्धि यातायात’ नामका एयर कन्डिसनर १० ठूला बसमा सञ्चालनमा आउने भएका छन । थ्रीफ्ट मल्टिप्रपोज कम्पनीले बुधबारबाट काठमाडौंमा सुविधासम्पन्न बसहरु सञ्चालनमा ल्याउने भएको हो ।
उपत्यकामा पहिलोपटक सार्वजनिक यातायातमा एसीको सुविधा दिन लागिएको कम्पनीले बताएको छ । बसमा अफलाइन मल्टिमिडियासहित वाइफाइको सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।
ठुलो स्पेश भएको अपांगमैत्री ४० सिट सहित बसमा अपांगलाई दुई वटा ह्वीलचियर समेत राख्ने गरिएकोले बसमा यात्रा गर्न असहज नहुने कम्पनीका सञ्चालकहरु बताएका छन
स साना ६० भन्दा बढी ब्यवसायीले पुँजी जम्मा गरेर खोलेको कम्पनीले लगानीको सुरूआत सार्वजनिक यातायातमार्फत गरेको हो ।
१० वटा बसमध्ये ६ वटाले नयाँबसपार्क(नारायणगोपालचोक(रत्पनपार्क(त्रिपुरेश्वर(कालिमाटी(कलंकी(सितापाइला हुँदै नयाँबसपार्कमा परिक्रमा गर्नेछन् ।
४ वटा बसहरु भने नयाँबसपार्क(चाबहिल(एपरपोर्ट(तीनकुने(नयाँबानेश्वर(रत्नपार्क आएर सोही रुट भएर फर्किनेछन् ।
‘हामी सार्वजनिक यातायातलाई सुधार गर्न आएका छौं । अब काठमाडौंका मुख्य रुटमा ठूला र सुविधायुक्त बसहरु ल्याउनुपर्छ ,’ कम्पनीका एक सञ्चालकले भने,’ठूला बसहरुले माइक्रो र मिनीबसमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतालाई हटाउन सक्ने हाम्रो विश्वास छ ।’