खोलाले बगाएर एक जना बेपत्ता

प्युठान, २९ साउन – प्युठान प्युठानमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन ।
प्युठानको झिमरुक खोलाले बगाएर सोमबार झिमरुक गाउँपालिका ७ का ६२ वर्षाीय बाटुले सार्की बेपत्ता भएका हुन ।

दिउँसो करिब ३ बजेको समयमा बेपत्ता भएका सार्की बेलुकासम्म घर नफर्केपछि खोलाले बगाएको स्थानीयले जानकारी दिएका छन् ।

गाउँपालिकामा गरिब परिचय पत्र लिन आएका सार्कीलाई घर फर्कंदै गर्दा खोलाले बगाएको हो ।
तत्कालै प्रहरी र प्रशासनलाई जानकारी गराए पनि समयमै घटनास्थलमा प्रहरी नपुग्दा उद्धारमा ढिलाई भएको स्थानीयले बताएको छ। खोलामा पुल निमार्ण नहुदा बर्षेनी ३ ४ जनाको मृत्यु हुनेको भन्दै स्थानीयले गुनासो पोखेका छन ।

मंगलबार बिहानैदेखि उहाँको खोजी कार्य गर्ने भनिए पनि वर्षाका कारण खोला बढेकाले उद्धारमा समस्या भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.