काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको (नेकपा(ले घोषणा गरेको बन्दको प्रभाव देशभर सामान्य नै देखिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरसँगै देशभर अन्य दिनजस्तै सवारी सञ्चालन भइरहेका छन् ।

साथमा बजार तथा पसलहरुसमेत खुल्ला थालेका छन् । तर केही केही विद्यालय तथा क्याम्पसहरुको बिहानी सत्रको कक्षामा भने बन्दको प्रभाव परेको जनाइएको छ । त्यस्तै महानगरीय प्रहरी महाशाखाका अनुसार काठमाडौंबाट देशका विभिन्न स्थानका लागि छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन पनि सञ्चालनमा रहेको छ।


