लिफ्टिङ्ग सिस्टम कारण अब धुर्कोटवासीको घर–घरमा धारा

गुल्मी । यस जिल्लामा साविकको खज्र्याङ्ग गाविस पछि सदियौं देखि पानी नभएको सुख्खा डाँडा भएको दोश्रो गाउँ धुर्कोट । कतै खानेपानीको हाँहकार भए भन्ने गरिन्थ्यो खज्र्याङ्ग र धुर्कोटे जस्तै काकाकुलमा परिने त होईन ? अहिले त्यही खज्र्याङ्ग र धुर्कोटका वासीन्दाहरु लिफ्टिङ्ग सिस्टम खानेपानी योजनाहरुले तल मुहानको पानी माथी सुख्खा डाँडामा ल्याइएपछि घर घरमा धाराको पानी सुविधा प्राप्त गर्दै जान थालेका छन् ।

स्थानीय निर्वाचनमा एक घर एक धारा पुराउने चुनावी नारा पु¥याउन धुर्कोट गाउँपालिकाले गत वर्ष देखि नै सो अभियानलाई मुर्त रुपम दिन थाल्यो । फलस्वरुप धुर्कोरजस्थल–७ वाग्लामा गत वर्ष माछेव्याड लिफ्ट सिस्टम खानेपानी योजना सम्पन्न भए गरिएपछि अहिले त्यहाँका ती सुख्खा डाँडावासीको घर घरमा धारा पुगेको छ ।

नेपाल सरकार, फिनल्याण्ड सरकार र गाउँपालिकाको सहयोगमा संचालन भएका खानेपानी तथा सरसफाई योजनाहरु मध्ये यस योजना पनि एक हो । त्यस गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता ईकाई (वास) का संयोजक छविलाल बिश्वकर्माका अनुसार त्यस योजनाबाट त्यहाँका १ सय २४ परिवारको घर घरमा धारा पुगेको छ ।

त्यस्तै वडा नम्वर–३ को अर्को सुख्खा डाँडो हाडहाडेमा पनि लिफ्ट सिस्टम खानेपानी योजनाको काम तिव्रगतिमा भई रहेको छ । त्यस घोष बर्दवास खानेपानी तथा सरसफाई योजना बाट यसै वर्ष १ सय ३३ घरधुरीलाई खानेपानी प¥यााउने लक्ष्य लिईएको छ ।

ती दुई वटै योजनामा नेपाल सरकारबाट ५२ लाख, फिनल्याण्ड सरकारबाट २५ लाख ९३ हजार, धुर्कोट गाउँपालिकाबाट ३० लाख ८५ हजार ६ सय ४४ र जनश्रमदानसहित १ करोड १० लाख गत वर्ष छुट्टाईएको त्यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले जानकारी दिए ।

यस चालु आर्थिक वर्षमा पनि थप खानेपानी योजनाका लागि १ करोड १० लाख ४३ हजार विनियोजन गरिएको छ । वास संयोजक बिश्वकर्माका अनुसार गत वर्ष धुर्कोटका कुल २ सय ५७ घरधुरीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने काम सम्पन्न गरिएको छ ।

गाउँपालिकामा १ संस्थागत शौचालयको निर्माण कार्य सम्पन्न भई प्रयोग भइ रहेको छ । गाउँपालिकाको सहयोगमा ७ वटा वडाहरुमा गरी फोहर मलाई १ सय ८० थान वाल्टीहरु वितरण गरिएको छ ।

सरसफाईका लागि विद्यालय स्तरको अभिमुखिकरण, चरणवद्ध तालिमहरु, टोल अभिमुखिकरण, वडा स्तरका तालिमहरु सम्पन्न भएका छन् । साथै पूर्ण सरसफाईका सूचकहरु पुरा गरेका ७ सय ९८ घरधुरीहरुमा हरियो स्टीकर टाँस गर्ने कार्य पनि सम्पन्न भएको छ ।

खुल्ला दिसामुक्त घोषणा भएर पनि केही घरधुरीमा शौचालय निर्माण गर्न बाँकी रहेको अवस्था देखिएकोमा शौचालय निर्माण पनि गरिएको छ । सरसफाईका थप क्रियाकलापहरु समुदायमा संचालन गर्न अझै आवश्यक देखिएको संयोजक बिश्वकर्मा बताउँछन ।

गाउँपालिका उपप्रमुख शिवबहादुर खत्रीका भन्छन–‘तल मुहान माथी बस्ती भएपछि हामीहरु डेढ देखि दुई घण्टाको उकालो आरोलो गर्दै पानी पिउन बाध्य थियौं, पहिलो समस्या खानेपानीको समधान हामीले जितेपछि गर्छौ भनेर भोट माग्ने बेला जनतासँग भनेका थियौं जुन पुरा गर्नमा हामीहरु लागि परेका छौं ।’

गाउँपालिका प्रमुख भुपाल पोखरेल भन्छन –‘सरसफाईले मानिसलाई स्वास्थ्य राख्छ त्यसका लागि हामीले सरसफाई कार्यक्रम र जनचेतनालाई पनि हामीले महत्वपुर्ण कार्यहरु मध्ये एक ठानेर अगाडि बढेका छौं, मदिरा नियन्त्रणको अभियानले गत वर्ष वस्तु प्रहरीको तथ्यांक हेर्दा ६० प्रतिशत झै झगडाका उजुरी कम भएको पायौं ।’

धुर्कोट उपस्वास्थ्य केन्द्रमा आधुनिक प्रविधिहरु जनतालाई जिल्ला अस्पतालमा दिने सेवा यहि बाटै दिन सफल भएका छौं । ‘नो होम डेलिभरी’ अर्थात घरमा सुत्केरी हुन नपाईने, अनिवार्य अस्पताल मै, जसले गर्दा सुरक्षित प्रसुती र मातृत्व सेवा पाएका छन । एक घर एक धारा अभियान आफुहरुले बोलेको पाँच वर्ष भित्र पुरा गरेरै देखाउने छौं ।’

Leave a Reply

Your email address will not be published.