‘सुई धागा’को ट्रेलर सार्वजनिक कार्यक्रममा बरुणले अनुष्कालाई यसरी बचाए !

एजेन्सी । अभिनेत्री अनुष्का शर्मा र अभिनेता बरुण धवनले आफ्नो आगामी फिल्म ‘सुई धागा’को ट्रेलर सार्वजनकि गरेका छन् । अनुष्का र बरुण केही समय देखि आफ्नो छुट्टै लुक्सबाट चर्चामा रहँदै आएका छन् । यो फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री अनुष्काको साथमा गढबड भएको छ ।

कलाकारहरु छान्न देखि लिएर फिल्मको रिलिजसम्म यशराजको ब्यानरमा बनेको यो फिल्मको लागि सबैलाई हटाएर योजना बनाइएको थियो । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा धेरै थरीका धागाहरुबाट सजाईएको थियो ।

यसै दौरानमा अभिनेत्री अनुष्काको हील फस्यो ।
तर बरुण जेन्टलम्यान बन्दै अनुष्कालाई लड्नबाट मात्र बचाएनन्, अनुष्काको खुट्टामा फसेको धागोलाई समेत हटाईदिए ।

Leave a Reply

Your email address will not be published.