इमरान खानको सपथ ग्रहण समारोह १८ अगष्टमा

एजेन्सी । पाकिस्तानको नयाँ प्रधानमन्त्रीको हैसियतमा कुनै बेलाका महशुर क्रिकेटर इमरान खानले आउँदो १८ तारिखका दिन सपथ लिने भएका छन् । ६५ बर्षीय इमरान पाकिस्तानको २१सौ प्रधानमन्त्री हुनेछन । उनले पाकिस्तान तहरिक ए ( इन्साफ पार्टी प्रतिनिधित्व गर्दछन । उनलाई सोमबाका दिन पार्टीले आफ्नो संसदीय दलको नेतामा छनौट गरेको थियो । पाकिस्तान का राष्ट्रपति माम्नून हुसेनले सोमबार देखिनै शुरु हुने गरि संसदको बैठक बोलाएका थिए ।

जुलाई २५ मा भएको आम चुनावमा उनको पार्टीले ११६ सिट जित्दै संसदमा ठुलो पार्टी बनेको थियो । संसद को दुवै सदन मिलाएर ३४२ सदश्य को आधा  १ गर्दा १७२ सांसदहरुको इमरानलार्इ समर्थनको खाँचो पर्दछ । उनको पार्टीका प्रवक्ता फवाद चौधरीले आफ्नो पार्टीले १८० जना को समर्थन बटुली सकेको जनाएका छन् ।

स्मरणीय कुरा आज १४ अगष्ट पाकिस्तानको जन्म दिन पनि हो । सन् १९४७ मा आजैका दिन तत्कालिन भारतका शासक अंग्रेजहरुले भारतीय उपमहाद्वीप लार्इ दुर्इ फ्याक गरि मुश्लिम बहुल क्षेत्रलार्इ पाकिस्तान ( PAKISTAN ) भन्ने नाम दिएर स्वतन्त्र देश बनाएको थियो / यसको मतलब पन्जाब ( P ), अफगान सिमान्त प्रदेश ( A ) , काश्मिर ( K ), इन्दुस ( I ), सिन्ध ( S ) र बलुच ( TAN ) भन्ने हो ।

उनको कप्तानीमा सन् १९९२ को क्रिकेटको विश्वकप पाकिस्तानले जितेको थियो । उनका समकालीन भारतीय क्रिकेटरहरु कपिलदेव, सुनिल गावस्कर र नवजोत सिंह सिदधूलार्इ उनले आफ्नो सपथ ग्रहण समारोह मा आमन्त्रण गरेका छन् । तर भारतीय मिडियाहरुले इमरान को आमन्त्रण स्विकारेमा उपरोक्त क्रिकेटरहरु समेत अप्रत्यक्ष रुपमा देशद्रोही ठहरिने गरि समाचार प्रसारण गर्दै आएका छन् । यसरी भारतीय मिडियाहरुले भारत मा म्याकार्थिज्मको हावा फैलाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.