संयुक्त तीज धमाका-२०१८ का लागि नेपालबाट रोज,खुमन र रमिला युएई आउँदै !

अनिस तामाङ/ युएई

नेपाली हिन्दु नारीहरुको महान चाड तीजको उपलक्ष्यमा नेपाली समाज युएईको संयोजक तथा युएईका क्रियाशील विभिन्न सामाजिक संघसंस्थाहरुको आयोजनामा संयुक्त तीज धमाका-२०१८ कार्यक्रम गर्ने अन्तिम तयारी पुरा भएको छ ।

युएईको नेपालीहरुको सबै भन्दा पुरानो संस्थाको रुपमा चिनिने नेपाली समाज युएईको संयोजकमा हुन लागेको उक्त कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ युएई, एनआरएनए युएई, काभ्रे सेवा समाज युएई, नेपाल विश्व सहयोग संघ युएई, नेप्लिज सोसल क्लब,तामाङ समाज युएई, पर्वत सेवा समाज युएई, पाल्पाली समाज युएई, झापाली समाज युएई, नेपाली संघीय समाज युएई, मितेरी समाज युएई, धादिङ समाज युएई, सर्लाही सेवा समाज युएई लगायत अनुमानित ५० भन्द माथि क्रियाशील जातिय,जिल्लागत, सामाजिक तथा राजनैतिक संघसंस्थाहरुको सहभागिता रहने भएको छ ।

मध्यपुर्वको विकसित राष्ट्र युएईको दुबई शहर स्थित अलकुज डल्स्को हलमा अगष्ट ३१ तारिखको दिन ठिक २ बजे सुरु हुने उक्त कार्यक्रममा नेपालबाट ख्याती प्राप्त कलाकारहरु सेलो गायक रोज मोक्तान, लोक गायक खुमन अधिकारी र लोक गायिका रमिला न्यौपाने युएई आउने भएका छन् भने रोजगारीको शिलशिलामा युएईमा रहेका चर्चित नेपाली कलाकारहरुको समेत बेजोड प्रस्तुति हुने भएका छन । कार्यक्रमको लागि बरदुबइबाट निशुल्क यातायात सेवाको समेत व्यवस्था गरेको छ ।

कार्यक्रमको मुल उदेश्य सांस्कृतिक जगेर्ना गर्ने उदेश्य रहे त पनि कार्यक्रमबाट उठेको रकम युएईमै विभिन्न समस्यामा परेका नेपालीहरुको लागि सहयोग गर्ने उदेश्य रहेको नेपाली समाज युएईका अध्यक्ष सिपी सापकोटाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published.