भक्तपुरस्थित चाणक्य कलेज पछाडि पुरुषको शव फेला


भक्तपुर ,२८ साउन भक्तपुरको चाणक्य कलेज पछाडि शव भेटिएको छ ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिकामा रहेको चाणक्य कलेज पछाडिको खोलामा एक पुरुषको शव भेटिएको छ ।

महा नगरीय प्रहरीका अनुसार आज दिउँसो खोलामा भेटिएको शव बनेपा नगरपालिका घर भइ हाल भक्तपुरको भत्केको पाटीमा बस्ने ४२ वर्षीय शंकर तामाङको हो ।

दिउँसो खोलाले बगाएर ल्याई खोलाको किनारामा अड्किएको अवस्थामा भेटिएको शवलाइ पोष्टमार्टमका लागि भक्तपुर अस्पताल पठाएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।घटना के कसरी भएको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.