प्रियंकाको भन्दा कट्रिनालाई दोब्बर पारिश्रमिक

काठमाण्डौँ ,२८ साउन – ‘भारत’ फिल्ममा काम गर्न राजि भएपछि प्रियंका चोपडाले फिल्ममा काम नगर्ने बताएकी थिइन । त्यसको केहि समय पछि सलमान खानले अभिनेत्री कट्रिना कैफलाई फिल्ममा काम गर्न इन्भाइट गरेका थिए । सलमानले इन्भाइट गरेको छोटो समयमा नै कट्रिनाले फिल्म गर्न राजी भएपछि फिल्म भारतका लागि डबल पारिश्रमिक दिइने भएको छ।

भारतीय मिडियाका अनुसार सलमानले यो फिल्ममा पहिला कट्रिनालाई नै लिन चाहे पनि उनकी बहिनि अर्पिताको कारणले प्रियंकालाई लिएका थिए। प्रियंकाले छाडेपछि कट्रिना पारिश्रमिक नै तय नगरि फिल्म गर्न तयार भएकी थिइन् ।

प्रियंकालाई फिल्मका लागि १२ करोड दिइएको पारिश्रमिक नै कट्रिनाले पाउने भएकी हुन् । प्रति फिल्म ६ देखि ७ करोड करोड लिदै आइरहेकी कट्रिनाले सलमानले ‘भारत’ मा उनलाई १२ करोड पारिश्रमिक दिने निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published.