१८ जना यात्रु बाकेको जीप दुर्घटना १ को मृत्यु

रोल्पा , २८ साउन – रोल्पाको रुन्टीगढी गाँउपालिका १ दिसुन्धारामा जीप दर्घटना भएको छ ।
दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका –९ सखीका ४ वर्षीया रितु कार्की रहेका छन ।

रुन्टीगढी–१, लिबाङीआपबाट होलेरी जाँदै गरेको लु १ त ९४९३ नम्बरको यात्रुवाहक जीप आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

क्षमताभन्दा धेरै यात्रु बोकेको जीप कच्ची सडकको घुम्तीमा चिप्लेर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा सवार अन्य १८ जना मध्ये एक जना गम्भीर घाइते भएका छन ।

Leave a Reply

Your email address will not be published.