काठमाण्डौँ , २८ साउन – काठमाण्डौको गोंगबुबाट आज बिहान एउटा बच्चा हराएको छ ।
आइतबार तनहु बाट काठमाण्डौ आएका सीता महतका छोरा बेपत्ता भएका हुन ।
तनहूको शुक्लागण्डकी नगरपालिका बाट काठमाण्डौ आएका सीता महतका ९ वर्षीय छोरा सिजान्त महत बेपत्ता भएको प्रहरीले जनाएको छ ।
आइतबार तनहुबाट आएका सीताकोे छोरा सोमबार बिहान काठमाण्डौ आइपुग्ने बित्तीकै ‘अपहरण’ मा परेपछि बालकका आमाले प्रहरीमा उजुरी दिएका हुन ।
तनहुबाट सोही गाडीको एकै सीटमा बसेका आएका दिलबहादुर कार्कीले छोरा सिजान्तलाई अपहरण गरेको भन्दै उनकी आमा सीताले प्रहरीमा जाहेरी हालेकी छिन् ।
काठमाडौंमा उत्रिएसँगै गाडीमा चिनजान भएका कार्कीलाई छोरा सिजान्त, झोला जिम्मलगाएर शौचालय गएकी सीता फर्केर आउँदा छोरा थिएनन् भने उनको झोला, मोबाइलसमेत लिएर कार्की त्यहाँबाट हिडेको उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छिन् ।
एउटै सिटमा बसेका मेडिकल कलेजमा काम गर्छु भन्ने दिलबहादुर कार्कीसँग चिनजान भएको उनको भनाइ छ ।
घटनाबारे थप अनुशन्धान भएको प्रहरीले जनाएकोछ ।