सोमबार यसरी बढ्यो भारी अंकले नेप्से परिसुचक

काठमाण्डौँ , २८ साउन  – सोमबार सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।नेपाल पूँजी बजार लगानीकर्ता संघले पूँजी बजार सुधारका लागि भन्दै भव्य कार्यक्रम सम्पन्न गरेको भोलि पल्टै अर्थात सोमबार सेयर बजारमा भारी उठान आएको हो ।

नेपाल पूँजी बजार लगानीकर्ता संघले आइतबार पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्व अर्थमन्त्री डा। रामशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल लगायतको उपस्थितिमा सेयर बजार सुधारका लागि भन्दै विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, नेप्सेका सीईओ चन्द्रसिंह साउद लगायतले पुँजी बजार सुधारका लागि आफूहरु सकारात्मक रहेको बताएका थिए ।

जसको फलस्वरुप सोमबार नेप्से परिसूचक १० दशमलव ४३ अंकले बढेर १ हजार १ सय ७४ दशमलव ३७ को बिन्दुमा कारोबार बन्द भएको छ । कुल १ सय ५७ कम्पनीको ५ लाख ३३ हजार ४९२ कित्ता शेयर खरिदबिक्री हुँदा १६ करोड ९६ लाख ६१ हजार ४३१ रुपैयाँको कारोबार भएको हो ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे भएको छ । जसको आज १ करोड २० लाख ६४ हजार ८७८ रुपैयाँको शेयर कारोबार भएको छ । ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव २४ अंकले बढेर २ सय ४७ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ ।लगानि कर्ताहरुको शक्रियताले शेयर बजारमा राम्रो असर परेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.