‘कहिँ कतै’को प्रेस शो- कलाकारहरुलाई मिल्यो तारिफ

काठमाडौं । गत शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘कहिँ कतै’ प्रेस शो गरेको छ । सवीर श्रेष्ठ निर्देशित यो फिल्मको कलाकारसहितको टिमले आइतवार पत्रकारसँग बसेर फिल्म हेरेका छन् । यो फिल्ममा सिवानी गिरी र सोनम बरफुङ्गपा मुख्य भूमिकामा छन् । यो जोडी यसै फिल्मबाट फिल्मी करियर सुरु गरेका हुन् ।

प्रेम र त्यागको कथा वाचन गर्ने यो फिल्मको लेखन पनि निर्देशक श्रेष्ठकै हो छ । अधिकांश पत्रकारले फिल्म हेरिसकेपछि ‘कहिँ कतै’ फिल्मको प्रशंसा गरिएको थियो । शिवानी र सोनमसँगै फिल्मका प्रमुख कलाकारहरु दीलिप रायमाझी, उमा गिरी, किशोर खतिवडालगायतका कलाकारहरुको कामको प्रेस शोमा तारिफ भएको छ ।

उमा आफैंले यो फिल्म निर्माण गरेकी हुन् । फिल्ममा नेपाल र सिक्किम बीचको आत्मीयता पनि गाँसिएको छ । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published.