एजेन्सी । डिजिटल स्पेस सुरु भएपछि कयौं फिल्म मेकर्स तथा कलाकारहरुलाई नयाँ प्लेटफर्म मिलेको छ । धेरै कलाकारहरुपछि अब करिश्मा कपुर पनि यस प्लटफर्ममा डेव्यु गर्न जाँदैछन् ।
वितेका दिनहरुमा उनले अन्तर्वार्तामा भनेकी छन्, ‘ म आमा बनेर धेरै खुसी छु । टाढा टाढासम्म अभिनय गर्ने बारे सोचिरहेकी छु । जब कुनै पनि प्रोजेक्ट मेरो सामु आउँछ तर पनि मन पर्दैन भने म काम गर्दिन ।’ तर अब भने उनको खोजी पूरा भएको हुनसक्छ ।
सुत्रका अनुसार ‘करिश्मा कपुरले एकता कपुरको अल्ट बालाजीको लागि एक सम्झौता गरेकी छन् । उनी एकताको साथमा वेब सिरिज गर्दैछन् । उनले स्क्रीप्ट र डेट पनि लक गरेकी छन् । तर यो कुरामा कसैले केही भनिरहरेका छैनन् ।
करिश्मा सन् २०१२ मा रिलिजमा आएको फिल्म ‘डेञ्जरस इश्क’मा देखिएकी थिइन् । यो करिश्माको कमब्याक फिल्म थियो, यो फिल्म पनि फ्लप भएको थियो । यो भन्दा पहिले करिश्माले २००६ मा रिलिज भएको फिल्म ‘मेरे जीवन साथी’मा काम गरेकी थिइन् ।