काठमाडौं । आज १३ अगष्ट २०१८ । १३ अगष्ट अर्थात आजकै दिन विश्वमा केही विशेष घटनाहरु घटेका छन् । जसमध्ये आज हामीले तपाईलाई १३ अगष्टका दिन विश्वमा घटेका तीन विभिन्न चर्चित घटनाहरुलाई प्रस्तुत गर्दैछौं ।
१३ अगष्ट अर्थात आजकै दिन घटेका घटनालाई बुँदागत रुपमा प्रस्तुत गर्नुपर्दाः
१. सन् १८९८ को आजकै दिन अर्थात अगष्ट १३ तारिखकै दिन स्पेन र अमेरिकाबीच युद्ध सुरु भएको थियो । जहाँ स्पेन पराजित भएको थियो । साथै फिलिपिन्स स्पेनिसहरुको हातबाट अमेरिकी अधिपत्यमा आएका थिए ।

२. सन् १९६१ को अगष्ट १३ तारिखकै दिन बर्लिन पर्खाल निर्माण सुरु भएको थियो । जसको कारण पूर्व पश्चिम जर्मनीबीचको सिमाना बन्द भएको थियो ।

३. सन् २००८ को आजकै दिन (१३ अगष्ट) रुस र जर्जीयाबीच युद्ध सुरु भएको थियो ।
