देशभर ५० हजार शिक्षक आवश्यक

काठमाडौं । देशभर ५० हजार शिक्षक आवश्यक रहेको तथ्याङ्कले देखाएको छ। सरकारद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार पारेको तथ्याङ्कमा करिब ५० हजार शिक्षक अपुग भएको देखाएको छ।

कार्यदलले सबैभन्दा बढी निमावि तहमा शिक्षक अपुग भएको देखाएको छ। सो तहमा झन्डै २५ हजार शिक्षक अपुग भएको पाइएको छ। कार्यदलका संयोजक एवं पूर्वसचिव महाश्रम शर्माले प्रावि तहमा करिब १ हजार, माविमा २१ हजार र कक्षा ११ र १२ का लागि झन्डै ४ हजार शिक्षकको दरबन्दी आवश्यक रहेको जानकारी दिनुभयो। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.