लण्डनमा स्वतन्त्र खालिस्तानको माग गर्दै प्रदर्शन

काठमाडौं । हिजो आइतबार लन्डन को ट्राफल्गार स्क्वायरमा ३००० भन्दा बढी शिखहरु भेला भएर स्वतन्त्र खालिस्तानको माग गरेको एसोसिएटेड प्रेस (एपी) को हवाला दिँदै इरानी मिडिया प्रेस टिभीले समाचार सार्वजनिक गरेको छ ।

प्रदशनकारीहरुले सन् २०२० मा स्वतन्त्र खालिस्तानको लागि जनमत संग्रहको आयोजना हुनुपर्ने भन्दै स्वतन्त्रताको पक्षमा विभिन्न खाले ब्यानर र पोष्टर समेत बोकेका थिए, भनि समाचारमा जनाइएको छ । ब्यानर र पोष्टर हरुमा पन्जाबमा भारतीय अधिपत्य को यथाशिघ्र अन्त्य हुनुपर्ने उल्लेख थियो भनि प्रेस टिभीको अनलाइन संस्करणमा पनि लेखिएको छ ।

यो प्रदर्शनको आयोजना अमेरिका तथा क्यानाडामा बसोबास गर्दै आएका शिखहरुको संगठन ‘न्याय को लागि शिखहरु’ले गरेको थियो ।

Leave a Reply

Your email address will not be published.