काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा संसदीय दलका सचेतक देव प्रसाद गुरुङले भ्रष्टाचार बढ्नुमा सिस्टमकै दोष भएको बताएका छन् । निर्वतमान् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रेस प्रकरणमा सोधिएको प्रश्नमा उनले उक्त कुरा बताएका हुन् ।
वर्तमान् प्रणालीले मल्टीपार्टी सिस्टमले भ्रष्टाचारलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसक्ने बताउँदै एकाधिकार दलाल पुँजीवादले मुलुकलाई परनिर्भरतामा लैजाने तथा त्यसैकारण कसिनखोरी हुनेगरेको विचार व्यक्त गरे । यसलाई विस्थापित गर्नु गरी सहमतीय डेमोक्रेसीमा जानुपर्ने तथा निर्वाचन प्रणालीमा पनि आमूल परिवर्तन हुनुपर्ने कुरा औंल्याए ।
साथै नेपाल बहुजातीय, बहुभाषिक र विविधतायुक्त देश भएको हुनाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सहभागितामूलक प्रणाली लागू गर्न सके मात्र राष्ट्रिय एकता हुनसक्ने सचेतक गुरुङले बताए ।
वार्ताको क्रममा सरकारले जनअपेक्षा अनुरुप काम नगरेको स्विकार गर्दै दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारसँग जनअपेक्षा धेरै नै भएको हुनाले त्यस्तो देखिएको हो भनि उनले प्रष्टीकरण दिएका छन् ।
यसै बिच एमसीसी यथास्थितीमा पास गर्न नसकिने भन्ने कार्यदलले पेश गरेको रिपोर्ट सारमा ठिक रहेको सचेतक गुरुङको भनाइ छ ।