कञ्चनपुर । शुक्लाफाटा नगरपालिका–७ शान्तिनगरमा एक महिलाको मृत्यु भएको छ। लगातारको वर्षासँगै कञ्चनपुरको स्याली नदीमा आएको बाढीले बगाउँदा ४७ वर्षीया गोमती भट्टको मृत्यु भएको हो ।
भैँसीसँगै नदी तर्ने क्रममा शनिबार बगेर स्थानीय भट्टको मृत्यु भएको शुक्लाफाटा नगरपालिका–७ का वडाध्यक्ष एवं नगर प्रवक्ता जगतबहादुर सिंहले जानकारी गराए ।