विप्लवको कार्यक्रममा कांग्रेसका नेता भेटिएपछि…

रोल्पा । रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जवहादुर एमसीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रममा नेपाली कांग्रेसका जिम्मेवार नेता भेटिनु आश्चर्यजनक भएको वताएका छन ।

शुक्रवार रोल्पाको घर्तीगाउँवाट नेपाल कम्युनिष्ट पार्टीका २ कार्यकर्ता संगै नेपाली कांग्रेस रोल्पाका क्षेत्रीय सभापति गोपाल घर्ती पक्राउ परेको विषयमा उठेको प्रश्नको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी एमसीले सो कुरा वताएका हुन । अवाञ्छित गतिविधि गर्ने समूहसंग नलाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिन समेत प्रजिम महराले नेपाली कांग्रेसका प्रतिनिधिलाई आग्रह गरेका छन ।

गृह प्रशासन सुधार योजना अन्तरगत रोल्पा जिल्लामा ५ स्थानमा मात्रै विरोध प्रदर्शनका लागि ठाउँ तोकिएको भएपनि विप्लव नेतृत्वको नेकपाले निषेधित क्षेत्रमा सभा गर्न लागेकोले पक्राउ गरेको स्पष्ट पारे ।

नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोरा आचार्यले राज्यले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रमवाट आफ्नो पार्टीका नेतालाई समेत गैर न्यायिक हिरासतमा राखिएको विषयमा प्रश्न गरेका थिए । यो खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.