झापामा बलात्कारको घटना ह्वात्तै बढ्यो, सत्तरी वर्षका वृद्धसमेत बलात्कारमा संलग्न

अर्जुनधारा झापा, साउन २७ / नरेश खाती

झापामा बलात्कारको घटना दिनुदिन बढ्दै गएको छ । इलाका प्रहरी कार्यालय विर्तामोडमा साउन महिना  चारवटा बलात्कारका उजुरी परेको जनाइएको छ । जसमा अर्जुनधारा नगरपालिकामा सबैभन्दा बढी ३ वटा बलात्कारका घटना भएको इप्रका विर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

साउन १६ गते अर्जुनधारा नगरपालिका २ बस्ने ४ वर्षिय नाबालिका बलात्कार गरेको आरोपमा सोही ठाउँका १५ वर्षे विजय गजमेरलाई पक्राउ गरेको घटना सेलाउन नपाउँदै, अर्जुनधारा ११ मा सानीआमाको घरमा बस्दै आएकी ९ वर्षे बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने एक ७० वर्षे वृद्ध मानबहादुर बानियाँलाई प्रहरीले पक्रिएको छ ।

प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार घरमा कोही नभएको बेलामा छिमेकी वृद्ध बानियाँले शुक्रबार दिउँसो गोठमा लगेर बालिकालाई बलात्कार गरेका हुन् । बलात्कृत गर्ने बानियाँलाई अर्जुनधारा ११ सालबारी स्थित सालबारी आफन्तको घरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय विर्तामोडमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पिडित बालिकाको उपचार तथा स्वस्थ्य परीक्षणका निमित्त मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।

गत हप्ता अर्जुनधारा ९का २८ वर्षीया बालकृष्ण घिमिरे र सोही ठाउँ बस्ने २४ वर्षीया पेमा तामाङ १३ वर्षे बालिका बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

महिला पदाधिकारी यसो भन्छन् –

यस विषयमा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडाले जनचेतना कार्यक्रम राख्ने बताइन भने झापा क्षेत्र नम्बर दुईकी सांसद पवित्रा निरौला खरेलले महिला सदनमा आवाज उठाउने बताइन् । काठमाडौँमा रहेकी झापा क्षेत्र न. २ की संघीय सांसद पवित्रा निरौला खरेलले आफूले झापामा महिलामाथि भएको हिंसा घटनाप्रति दःखित हुदै  महिला अधिकारका लागि संघीय संसदमा आवाज उठाउने उनको भनाइ थियो । साथै अपराधिलाई कडा भन्दा कडा सजाय दिलाउन स्थानीय सरकार र स्थानीय प्रशासनलाई आवाज उठाइरहेको जानकारी गराइन् । खरेलले यस्ता घटना हुन नदिनका लागि चेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिइन् ।

Leave a Reply

Your email address will not be published.