रिटर्नी माइग्रेन्ट नेपालको स्थापना, विदेशबाट फर्केका नेपालीहरूको सहयोगार्थ कार्यक्रम ल्याइने !

विदेशबाट फर्केका नेपालीहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रम ल्याइने उद्देश्यका साथ ‘रिटर्नी माइग्रेन्ट’को स्थापना भएको छ । काठमाडौँस्थित एक होटेलमा आयोजित एक कार्यक्रममा रिटर्नी  माइग्रेन्टका संस्थापक उत्तम अधिकारीले सो कुराको जानकारी दिएका हुन् । 

वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूलाई नेपालमै स्वरोजगारतर्फ केन्द्रित गर्ने उद्देश्यले स्थापना गरिएको उक्त संस्थाले ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वदेशका लागि’ भन्ने मूल नारा तय गरेको अधिकारीले जानकारी दिएका छन् ।   अधिकारीले बैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीहरुको वर्तमान अवस्था कस्तो छ भनेर कसैले ध्यान नदिएकोले यो संस्थाको आवश्यकता भएको विषयलाई औंल्याएका थिए ।

वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको तथ्यांक धेरै नै भएपनि नेपालमा थोरैले मात्र जीविकोपार्जन गरिरहेका छन् । कतिपय पुनः अर्को देशमा जाने क्रममा पुरानै तरिकाले दुख पाउने गरेको यो परिप्रेक्षमा यो संस्थाले सकारात्मक दिशा ग्रहण गर्न सक्ने कार्यक्रममा उपस्थिति अन्यको भनाई रहेको थियो । 

Leave a Reply

Your email address will not be published.