काठमाण्डौँ , २७ साउन – आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रमुख विपक्षी कांग्रेस सरकारविरुद्ध भ्रम सिर्जना गर्ने कोशिस गरिरहेको जनाएका छन ।
उनले भने अधिनायकवादको आरोप चियाको कपमा आएको तुफानजस्तै भएको छ । ‘चियाको कपमा आएको तुफानजस्तै अधिनायकवादको कृत्रिम हल्लाले भ्रम सिर्जना गरे पनि सरकार प्रति केहि बाधा हाल्न सक्दैन ।मन्त्री ज्ञवालीले वर्तमान सरकार लोकतन्त्रप्रति प्रतिवद्ध मात्र होइन, लोकतन्त्रको अभियन्ता हो ।’ भन्दै कांग्रेस प्रति चर्काे जवाफ दिएका छन ।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकार छिमेकी मुलुक भारत तथा चीनसँगै अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध सुमधुर बनाउन प्रयासरत रहेको र लोकतन्त्रलाई कमजोर हुन नदिन सचेत रहेको समेत प्रष्ट पार्नु भएको छ ।