‘साढे तिन हजार लिटर मदिरा’ सहित ५० किलो ‘गाजा’ बरामद

बारा, २७ साउन। बाराको सिमरा प्रहरी कार्यालयले तीन हजार पाँच सय लिटर अबैध घरेलु मदिरा र ५० मिलो गाजा बरामद गरि नष्ट गरेको छ ।विभिन्न मिति र स्थानमा नियमित चेक–जाँच तथा छापामारी गरि सो परिमाणको गाँजा र मदिरालाई बरामद गरि आईतवार विहान नष्ट गरेको हो ।

स्थानीय ईलाका प्रशासन कार्यालय सिमरा , वडा अध्यक्ष , बुद्धिजिवि तथा सञ्चारकर्मीहरुको रोह्वरमा स्थानीय दुधौरा खोलामा गाँजालाई जलाएर नष्ट गरेको थियो , भने मदिरालाई खन्याएर प्रहरीले डिस्पोज गरेको थियो ।

यस्ता अवैध धन्दामा संलग्नहरुलाई कानुनी दायरामा ल्याएर कारावाही अगाडी बढाईएको छ , भने अबैध मदिरा ओसारपसार गर्नेहरुलाई चेतावनी दिएर छोडिएको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.