काठमाण्डौँ , २७ साउन – शेयर बजार परिसूचक (नेप्से) साताको पहिलो दिन आइतबार दोहोरो अंकले गिरावट आएको छ । नेप्से परिसूचक १६.६९ अंकले घटेर ११६३.९४ बिन्दुमा पुग्दा २५ करोड २ लाखको कारोबार भएको छ । आईतबार १ सय ६२ कम्पनीका ७ लाख ८१ हजार ५६० कित्ता शेयर किनबेच भएको छ ।
आज बैंकिङ समूह ११.८७, विकास बैंक १३.२२, जलविद्युत समूह २१.१९, वित्तिय समूह ३.५९, निर्जिवन बीमा समूह १०५.७४, उत्पादनमुलक समूह ६३.५८, अन्य समूह ४.७२ र माईक्रो फाईनान्स समूह ३१.५३ अंकले घटेको छ ।
यस्तै व्यापारी समूह २.११ र होटेल समूह ६.७३ अंकले बढेको छ । आज सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्स कम्पनी ३ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच गरेको छ । आरम्भ माईक्रो फाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरुले ३.८७ प्रतिशत फाईदा कमाएका छन् भने मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले ९. ९७ प्रतिशतले गुमाएका छन् ।