म्यानचेस्टरले खुसी दिन सक्ला त ? यस्तो भन्छन : पोग्बा

काठमाण्डौँ , २७ साउन – फ्रान्सेली राष्ट्रिय टोलीबाट खेलेर विश्वविजता बनेका पल पोग्बाले प्रशिक्षक जोसे मउरिन्होलाई एक सरल सन्देश दिएका छन ।”म माथि आक्रमण नगरेमा म क्लबका लागि योगदान गर्न स्वतन्त्र हुनेछु” । समर ट्रान्सफर विन्डोमा पोग्बाका एजेन्ट मिना राइओलाले उनलाई बार्सिलोना लग्नका लागि भरपूर कोशिश गरेका थिए ।
युनाइटेडका साहुहरू चाहिँ पोग्बालाई बेच्ने पक्षमा छैनन् ।

पोग्बाको सेलेब्रिटीको हैसियत र तडकभडक मउरिन्होलाई मन नपर्ने भएपनि क्लबका वरिष्ठ अधिकारीहरूले युनाइटेडलाई पाँच वर्षपछि लीग उपाधि जिताउनमा पोग्बाकै नेतृत्वदायी भूमिका रहने मान्यता राख्छन् ।

अघिल्लो सीजनमा मउरिन्हो र पोग्बाको अनेकौंचोटि झगडा परेको थियो र पोग्बाले विश्वकप जितिसकेपछि पनि मउरिन्होले ‘त्यस्तै खेल क्लबमा पनि देखाउनू नि’ भन्दै पोग्बालाई चिढ्याएका थिए ।

पोग्बा चाहिँ कुनै पनि आलोचना नआओस् भन्ने चाहन्छन् । मउरिन्होका तर्फबाट धेरै माया र कम विनाशक कुरा आएमा सबैको भलो हुने पोग्बाको मान्यता छ ।

उनले भने, ‘एउटा कुरा बुझ्नुस् । एउटा खेलाडी छानिन्छ र खुशी हुन्छ । ऊ खुशी नभएभन्दा खुशी हुँदा नै तपाईं बढी सहज अनुभव गर्नुहुन्छ ।’

‘म यति मात्र भन्न चाहन्छु । विश्वकपपछि म त्यही पल पोग्बा हुँ । टोली चाहिँ फरक छ, त्यत्ति हो । म अझै पनि फूटबल खेल्दा रमाइरहेको छु र म टोलीका लागि सबभन्दा राम्रो योगदान गर्नेछु । मैले भनें नि, तपाईं सहज हुनुहुन्छ भने, मानिसले
तपाईंलाई विश्वास गर्छन् भने तपाईं सकारात्मक सोच्नुहुन्छ र कुरा सजिलो हुँदै जान्छ ।

Leave a Reply

Your email address will not be published.