‘कर तीर्न नसक्नेलाई कर छुट’ :अर्थमन्त्री खतिवडा

काठमाण्डौँ , २७ साउन – अर्थमन्त्री डा. युवराज खतिवडाले कर तिर्न नसक्नेलाइ कर छुट गर्ने बताएका छन । सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्टिकरण दिएका हुन् । उनले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको स्मरण गराए ।

आईतबार काठमाडौंमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले कानुन नबनाई कर असुली नगर्न पनि सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिएका छन।

उनले दोहोरो कर नलिन र आफ्नो क्षेत्रा धिकार बाहिर गएर कर असुल नगर्न पनि मातहतका निकायलाई सचेत गराए । सरकारले संघीयता कार्यान्वयनका लागि लोककल्याणकारी राज्यको अवधारणा र सामाजिक न्यायको अवधारणा अनुरुप कर असुलीको काम गरिरहेको अर्थमन्त्री खतिवडाको दावी छ ।

अर्थमन्त्री खतिवडाले राज्यले करको दुरुपयोग हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्दै कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाढि बनाउन कर लिने गरेको पनि स्मरण गराएका छन ।

Leave a Reply

Your email address will not be published.