डोटी ,२७ साउन – डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोटीको बोगटान गाउँपालिका, ४ जजलाका ५६ वर्षी खडकसिंह बम रहेका छन् ।
बाटोमा झुन्डिएको तार विद्युतको तार छुँदा उहाँलाई करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर ज्यान गुमाएका बमको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।डोटीमा विद्युतीय लापरवाहिका कारण गएको दुई महिनामा करेन्ट लागेर करिब ६ जनाको ज्यान गइसकेको छ ।