डाक्टरको लाइसेन्स परीक्षामा २४ प्रतिशत मात्र पास


काठमाण्डौँ , २७ साउन – शनिबार चिकित्सक दर्ता प्रमाणपत्र परिक्षामा सहभागी ७८४ जना एक्मबिबिएस पास गरेका चिकित्सकहरु मध्ये १८९ ले मात्र लाइसेन्स परिक्षा पास गरेका छन ।
नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स)  परिक्षामा २४ प्रतिशत मात्र पास भएकाहुन ।


एमबीबीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा यतिधेरै फेल भएको नतिजा पहिलो चोटि आएको हो ।
यस्तै हिजै लिएको बिडिएस तर्फको परिक्षामा १२७ जनाले परीक्षा दिएको ७३ जना ९५७।४८प्रतिशत० जना पास भएका छन्। यसरी हेर्दा दुबै समूहामा पास हुने जम्मा २९ प्रतिशत रहेकको छ। तर एमबिबिएस लाइसेन्स परिक्षामा फेल हुने यो निकै कम हो।

चाइना,बंगलादेश र नेपालका केही मेडिकल कलेजाट एमबिबिएस गरेका बिद्यार्थीहरु धेरै लाइसेन्स परिक्षामा फेल भएका सबेत बताए। यस्तै हिजोको परिक्षामा फेल हुने धेरै विद्यार्थीपटक पटक लाइसेन्स परिक्षामा सहभागी भएर पनि पास नहुने विद्यार्थी रहेका छन ।

चिकित्सा अध्ययन उत्तीर्ण गरेको प्रमाणपत्र लिएर आएका विद्यार्थीहरु लाइसेन्स लिने बेलामा यति धेरै फेल हुनुले मेडिकल शिक्षाको गुणस्तरमा थप प्रश्न उब्जाएको छ। हिजोको परिक्षा करीब पाचँ सय जति यसभन्दा अगाडि पनि परिक्षामा सहभागी भएर पनि पास नभएका पुराना परीक्षार्थी थिए जसले गर्दा धेरै फेल भए। यसभन्दा अगाडि पनि काउन्सिलले लिँदै आएको परिक्षामा धेरै विद्यार्थी फेल हुँदै आएका थिए। 

Leave a Reply

Your email address will not be published.