अब गैर आवसीय नेपाली ले समेत पूँजी बजारमा लगानी गर्न पाउने

काठमाण्डौँ ,२७ साउन – गैर आवसीय नेपाली ले चाडै पूँजी बजारमा लगानी गर्न पाउने भएका छन ।

शनिबार प्रदीप ज्ञवालली निवासमै पुगेर संघकी अध्यक्ष राधा पोखरेल नेतृत्वको टोलिले एनआरएनलाई पूँजीबजारमा सहज प्रवेशको माग राखेर ज्ञापन पत्र वुझाएपछि परराष्ट्र मन्त्री ले
नेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरुको ज्ञापन पत्र बुझ्दै गैरआवसीय एनआरएन नेपालीलाई पूँजी बजारमा लगानी गर्न दिनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिएका छन ।

मन्त्री ज्ञवालीले पूँजी बजार विकाका लागि सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएको अध्यक्ष पोखरेलले बताइन् । संघले आइतबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा पूँजी बजारको विकास विषयक अन्तरक्रियाको आयोजना गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published.