प्रमोद खरेलको ‘तिमी फूल हौं’ सार्वजनिक

लोकप्रिय गायक तथा पछिल्लो समय चर्चामा रहेको सांगीतिक रियालिटी शो ‘द भोईस अफ नेपाल’का निर्णायक प्रमोद खरेलको आवाजमा रहेको ‘तिमी फूल हौं….’ बोलको गीतका साथै इलामका अत्यन्तै रमणीय स्थानहरुमा छायांकन गरिएको उत्कृष्ट भिडियो पनि सार्वजनिक भएको छ ।

प्रसिद्ध संगितकार राजकुमार बगरको संगित र विरेन्द्र कुमार बलामीको शब्दमा तयार भएको उक्त भिडियोको निर्माण तथा बजार व्यवस्थापन एभरेष्ट ग्यालरीले गरेको हो ।

लोकप्रिय मोडल सनम कठायतसंगै भिडियोमा हिमा थापालाई आकर्षक अभिनयका साथ देख्न सकिन्छ । अन्जन शर्माको निर्देशन, टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाइको छायांकन रहेको उक्त गीत रिलिज पूर्वनै टिकटकमा चर्चामा रहेको छ ।

भिडियो

Leave a Reply

Your email address will not be published.