इतिहासमा आजः अगष्ट १२ तारिखकै दिन धर्म ग्रहण गर्न नमान्ने ८०० इसाईहरुको एकैसाथ शिरछेदन

काठमाडौं । आज १२ अगष्ट २०१८ । १२ अगष्ट अर्थात आजकै दिन विश्वमा केही विशेष घटनाहरु घटेका छन् । जसमध्ये आज हामीले तपाईलाई १२ अगष्टका दिन विश्वमा घटेका विभिन्न चर्चित घटनाहरुलाई प्रस्तुत गर्दैछौं ।

१२ अगष्ट अर्थात आजकै दिन घटेका घटनालाई बुँदागत रुपमा प्रस्तुत गर्नुपर्दाः

१. सन् १४८० को अगष्ट १२ तारिख अर्थात आजकै दिन ओटोमन तुर्क सेनाले इस्लाम धर्म ग्रहण गर्न नमान्ने ८०० इसाईहरुलाई एकै ठाउँमा शिरछेदन गरेको थियो ।


२. सन् १९०८ को आजकै दिन(अगष्ट १२ तारिख) हेन्री फोर्डस् कम्पनीले पहिलो पटक टि कार (T Car ) सफल निर्माण गरेको थियो ।


३. सन् १९४२ को आजकै दिन ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिलद्वारा मस्कोको भ्रमण सम्पन्न गरेका थिए । साथै अगष्ट १२ तारिखकै दिन सोभियत नेता जोसेफ स्टालिनसँग भेटवार्ता गरेका थिए ।


४. सन् १९८१ को अगष्ट १२ तारिख अर्थात आजकै दिन इबिएमले आफ्नो पहिलो व्यक्तिगत कम्प्युटर (पिसी र पिसी-डिओएस १.०) भर्सन सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published.