बैंकहरुमा पर्याप्त पैसा नभएपछि विदेशबाट डलरमा ऋण ल्याउँदै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य पुँजी) अभाव भएपछि वाणिज्य बैंकहरूले विदेशबाट डलरमा ऋण ल्याउने प्रक्रिया सुरु गरेका छन्।

बैंकहरुमा लामो समयदेखि चुलिएको तरलता समस्या समाधान गर्न विदेशबाट ऋण ल्याएर लगानी गर्न पाउनेगरी राष्ट्र बैंकले बाटो खोलिदिएकाे थियाे । त्यसलगत्तै वाणिज्य बैंकहरुले विदेशबाट ऋण ल्याउने प्रक्रिया सुरु गरेकाे खबर अाजकाे राजधानी दैनिकमा छ।

सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये एनआईसी एसिया र एनएमबी बैंकले विलेशबाट ऋण ल्याउन निवेदन दिइसकेका छन्। नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमुख तथा कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले एनआईसी एसिया र एनएमबी बैंकले विदेशबाट ऋण ल्याउन निवेदन दिएका थिए। यसमध्ये एनएमबीले स्वीकृति पाइसकेको छ।

Leave a Reply

Your email address will not be published.