३० वर्षकी भइन् मुन्ना भाईकी छोरी त्रिशाला- लेखिन यस्तो पोष्ट !

एजेन्सी । बलिउडका मुन्नाभाई सञ्जय दत्तकी छोरी त्रिशालाले गत शनिबार आफ्नो ३० औं जन्मदिन मनाइन् । अहिले त्रिशालाले अमेरिकामा पढिरहेकी छन् । त्रिशाला सञ्जयको पहिलो पत्नी ऋचा शर्माको कोखबाट जन्मेकी हुन् । त्रिशालाको ३० औं जन्मदिनमा सञ्जयको दोस्रो पत्नी मान्याताले पनि विस गरेकी छन् । यसका साथै त्रिशालाले सामाजिक सञ्जाल इन्टाग्राममा लामो स्टाटस पोष्ट गरेकी छन् ।

त्रिशालाले लेखेकी छन्, ‘भगवानलाई धन्यवाद, जसले मलाई यस्तो राम्रो जिन्दगी दियो र राम्री बनायो । मलाई माया गर्ने, फोन गरेर वीस गर्ने र कमेन्ट लेख्नुभएका सबैलाई धन्याबाद ।’ त्यस्तै सन्जयकी दोस्रो पत्नी मान्याताले पनि म्यासेजमा लेखेकी छन्, ‘ह्याप्पी बर्थडे डार्लिङ । तिमिलाई धेरै भन्दा धेरै शुभकामना । मेरो धेरै माया छ ।’

तपाईलाई यो पनि बताऊँ, केही महिना पहिले त्रिशालालाई सञ्जय दत्तकी छोरीको रुपमा तपाईलाई कस्तो लाग्छ भनेर सोधिएको थियो । यसै क्रममा त्रिशालाले भनेकी थिइन्, ‘मलाई नर्मल लाग्छ, उनी दोस्रो बुवा जस्तै हो । मलाई यस्तो लाग्छकी म आफ्नै बुबासँग छु जस्तै लाग्छ । कुनै अलग फिलिङ्ग्स छैन ।’

त्यस्तै अभिनेता सञ्जयले फिल्म ‘भुमि’को सुटिङको दौरानमा भनेका थिए, ‘मैले त्रिशालालाई राम्रो कलेजमा राख्नका लागि धेरै पैसा र उर्जा खर्च गरेको छु । र उनले राम्रो पर्फम गरिहरेकी छन् । उनले फरेन्सीक साइन्समा स्पेशलाइजेशन गरेका छन् । मलाई लाग्छ कि यो निकै राम्रो काम हो ।’

Leave a Reply

Your email address will not be published.