नवलपरासी, २६ साउन /शिव डुम्रे
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ बेसक्याम्प चोक दुम्किबासमा शनिबार सवारी दुर्घटना हुंदा दुई जनाको निधन भएको छ । पूर्वबाट पश्चिमतर्फ जांदै गरेको लु १ च ९७ ५९ नम्बरको बोलेरो गाडी र पश्चिमबाट पूर्वतर्फ आउंदै गरेको लु २० प ५१७ नम्बरको मोटरसाइकल एका आपसमा ठक्कर खांदा मोटरसाइकलमा सराव दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परी प्युठान जिल्लाको लिवाङ ८ निवासी ३२ बर्षीइ जगतबहादुर परियार र मोटरसाइकल पछाडि सवार प्युठान जिल्लाको लिवाङ ८ निवासी १० बर्षीया बालक विवेक परिवारको मृत्यु भएको छ । ठक्कर दिने सवारी र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।