काठमाण्डौँ , २५ साउन – कञ्चनपुरमा घटेको अर्काै घटनाको टुङ्गो नलाग्दै फेरी उस्तै घटना घटेको खबर आएको छ । एक ५ वर्षीय बालकमाथि ६६ वर्षका झाँक्रीले यौन दुव्र्यवहार गरेको घट्ना बाहिर आएको हो ।
अहिलेसम्म महिला तथा बालिकाहरु बलात्कृत भएको घटना घट्दै आएकोमा झाँक्री धामीले भने बालकको मुखमा लिंग घुसाएका हुन् । झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिंग घुसाएर ‘माउथ सेक्स’ गरेको पीडित परिवारले जनाएको छ ।
राति विजुली गएको समयमा झाँक्रीले मुखमा लिंग घुसाईरहेको देखेपछि दुई झापड हानेर प्रहरीले खबर गरेको पीडित बालकका बाबुले प्रहरीसमक्ष बयान दिएका छन् ।
झाँक्रीलाई प्रहरीले राति नै घरबाटै नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भईरहेको सिसैया प्रहरी चौकीले जनाएको छ । पीडित अभिभावकले नाबालकमाथि यौन दुर्व्यवहार गरेको भन्दै कारवाहीको माग गरेका छन् ।
छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार दिउँसो घरमै बोलाएका थिए । बेलुका खाना खाएर झाँक्री बालकसँगै सुतेका थिए । म बालकसँग नै सुत्छु भन्दै सुतेका धामीले मध्यरातमा विजुली गएको मौका छोपेर छोरोको मुखमा लिंग घुसाएको पीडित बालकका बाबुले बताए । घटना बारे बिस्तृत जानकारि आउन अझैँ बाकि रहेको छ ।