पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने:महिला लाइ आधा सम्पति दिन नपर्ने!

काठमाण्डौँ २५ साउन – महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गर्दै पुरुष पनि सम्बन्ध विच्छेदका लागि सीधै अदालत जान पाउने व्यवस्था लागू हुने भएको छ । अहिलेसम्म महिलाले मात्रै सम्बन्ध विच्छेदका लागि सोझै अदालत जानसक्ने प्रावधान रहिआएको छ । तर अब भने मुलुकी संहिता ऐन २०७४ को दफा ९४ मा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था मिलाएको छ ।

भदौ १ गतेबाट लागू हुने नयाँ मुलुकी संहिता ऐन २०७४ अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको लागि सिधै अदालत समक्ष निवेदन दिनसक्ने छन् ।
सम्बन्ध विच्छेदमा पुरुष र महिलालाई समान अधिकारको व्यवस्था गरेको हो ।
सम्बन्ध बिच्छेदन मा पुरुष दोषी देखिएन भने अंश समेत दिन नपर्ने नयाँ ब्यवस्था समेत लागुभ्एको छ ।

Leave a Reply

Your email address will not be published.