काठमाण्डौँ , २५ साउन – इजरायलमा श्रीकृष्ण जन्माष्ठमी मनाइने भएको छ । इजरायलका तिन मुख्य धार्मिक संस्था द्वारा रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेपालीहरुको धार्मिक संस्थानमा संयुक्त रुपमा श्रीकृष्ण जन्माष्ठमी मनाइने भएको हो ।
इजरायल नागरीकहरुको हरुको संयुक आयोजनामा श्रीकृष्ण जन्माष्ठमी बिशेष कार्यक्रमको आयोजना गरि मनाइने भएको छ।
“धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित भएका हिन्दु जागरण नेपाल अभियान इजरायल, श्रीकृष्ण प्रणामी गैर आवासीय युवा परिषद इजरायल र ॐ जन जागरण अभियान इजरायलको संयुक्त आयोजनामा यहि सेप्टेम्बर ७ गते इजरायल स्थित तेलाभिबमा कार्यक्रमको आयोजना हुन लागेको हो ।
श्री कृष्ण जन्माष्टमी तिथी अनरुप २ सेप्टेम्बर परेको भएता पनि यहाँ रहेका नेपालीहरुको विदाको प्रकृतिलाई मध्यनजर गर्दै शुक्रबार- शनिबार छुट्टीको दिन पारेर ७ तारिखका दिन मनाउन लागिएको आयोजकले बताएको छ ।